शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम « Khabarhub

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम


१ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा नेतृत्वको समूहको नियन्त्रणमा रहेको नेपाली कांग्रेसको वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरको नाम हटाइएको छ ।

दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापासहितका नेताको नाम नेपाली कांग्रेसको वेबसाइटबाट हटाइएको हो ।

विशेष महाधिवेनशबाट गगन सभापति, विश्वप्रकाश उपसभापति र फरमुल्लाह मन्सुर सह-महामन्त्रीमा सर्वसम्मत निर्वाचित ।

उनीहरूलाई बुधबार चौधौँ महाधिवेशनबाट निर्वाचति कार्यसमितिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ५ वर्षका लागि साधारण सदस्यबाट पनि निष्कासन गरेको थियो ।

त्यसपछि विशेष महाधिवेशन पक्षधरले बिहीबार बिहान ३ बजे नयाँ कार्यसमिति घोषणा गरेको थियो ।

आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनबाट थापा सभापति चयन हुँदा शर्मा र पुष्पा भुसाल उपसभापति भएका छन् । त्यस्तै प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री चयन भएका छन् ।

त्यस्तै सह-महामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  १२ : ४२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली