शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम « Khabarhub

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा नेतृत्वको समूहको नियन्त्रणमा रहेको नेपाली कांग्रेसको वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरको नाम हटाइएको छ ।

दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापासहितका नेताको नाम नेपाली कांग्रेसको वेबसाइटबाट हटाइएको हो ।

विशेष महाधिवेनशबाट गगन सभापति, विश्वप्रकाश उपसभापति र फरमुल्लाह मन्सुर सह-महामन्त्रीमा सर्वसम्मत निर्वाचित ।

उनीहरूलाई बुधबार चौधौँ महाधिवेशनबाट निर्वाचति कार्यसमितिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ५ वर्षका लागि साधारण सदस्यबाट पनि निष्कासन गरेको थियो ।

त्यसपछि विशेष महाधिवेशन पक्षधरले बिहीबार बिहान ३ बजे नयाँ कार्यसमिति घोषणा गरेको थियो ।

आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनबाट थापा सभापति चयन हुँदा शर्मा र पुष्पा भुसाल उपसभापति भएका छन् । त्यस्तै प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री चयन भएका छन् ।

त्यस्तै सह-महामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : ४२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित