काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेको एक प्रमुख पर्व हो ।
हरेक वर्ष माघ १ गते मनाइने यो पर्वले पुस महिनाको कठ्यांग्रिँदो जाडोको अन्त्य र माघ महिनाको सुरुवातसँगै सूर्य उत्तरायण प्रवेश गरेको संकेत गर्छ ।
उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
यसै अवसरमा मगर समुदायले काठमाडौँमा सांस्कृतिक र्याली निकालेका छन् । मगर समुदायको भेषभुषा झल्किने गरी र्याली निकालिएको छ ।
तस्बिरहरू : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी


























प्रतिक्रिया