लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम « Khabarhub

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी गर्न नसकेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले समीक्षा अवधिमा निर्धारित लक्ष्यको ८१.७५ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखेकोमा पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोडको लक्ष्य तय गरेको थियो । तर, सो अवधिसम्म सरकारले जम्मा ८१.७५ प्रतिशत अर्थात् ५ खर्ब ८१ अर्ब ४१ करोड मात्रै राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोडको जम्मा वार्षिक लक्ष्य तय गरेकोमा अर्धवार्षिक अवधिमा ६ खर्ब ७२ अर्ब ८१ करोड तय गरेको थियो । जसमा सरकारले गत आर्थिक वर्षको पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : ०३ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल