पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ ।    

लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं बाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमण गरेका हुन् ।  

यसमा पाँच हजार ८८४  विदेशी र  २६ हजार ७८७ पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई तीन हजार र नेपालीलाई रु एक सयका दरले प्रवेश शुल्क लाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै निकुञ्जका अभिलेखकर्ता केशव ढडारीले पछिल्लो छ महिनामा दुई करोड ३९ लाख ८८ हजार ६६० राजस्व संकलन भएको जानकारी दिए ।

काठमाडौँ उपत्यकाबाट नजिक रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै विशेषगरी गोसाईंकुण्ड तथा लाङ्टाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढी स्थानीय होटल व्यवसायी, किसान, कामदारसहित समग्रपक्ष लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन्  ।
 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : १३ बजे

श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौं– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध

राती बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उच्च 

काठमाडौं– रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने

लुम्बिनीको स्थापना दिवस : सङ्घीयताको बलियो आधार नै प्रदेश

लुम्बिनी– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास

देशको अवस्थाले जनताको मानसिक स्वास्थ्यमा असर पारेको छ : स्वास्थ्यमन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक,

उपराष्ट्रपति यादव भन्छन्- लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन