सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित « Khabarhub

सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष (आव) मा पनि सरकारको पुँजीगत खर्चमा सुधार हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको अर्धवार्षिक अवधिमा सरकारको पुँजीगत खर्च कुल लक्ष्यको तुलनामा गत आवको भन्दा पनि कमजोर बनेर १२.१२ प्रतिशतमा सीमित हुन पुगेको छ ।

जबकी गत आवको अर्धवार्षिक अवधिमा सरकारले १६.१६ प्रतिशत पुँजीगत खर्च गरेको थियो ।

चालु आवमा सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य तय गरेको थियो । जसमा समीक्षा अवधिसम्म ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

तर, समीक्षा अवधिमा सरकारको चालु खर्च भने ४ खर्ब ८७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ अर्थात् कुल वार्षिक लक्ष्यको ४१.२५ प्रतिशत भएको छ । साथै, सो अवधिमा वित्तीय व्यवस्था तर्फको खर्च १ खर्ब ५३ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ भएको कार्यालयले जनाएको छ ।

गत आवको अर्धवार्षिक अवधिमा सरकारले कुल लक्ष्यको ३५.८९ प्रतिशत खर्च गरेको थियो ।

सरकारले खर्च जस्तै आफ्नो आम्दानीमा पनि सुधार गर्न नसकेको देखिएको छ । गत आवको अर्धवार्षिक अवधिमा सरकारले तोकिएको लक्ष्यमा ३९.६ प्रतिशत आम्दानी गरेकोमा चालु आवमा भने तोकिएको लक्ष्यमा ३८.३८ प्रतिशत मात्रै गरेको कार्यालयले जनाएको छ ।

सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ आम्दानीको लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म जम्मा ५ खर्ब ८८ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : ४८ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक