काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता क्याम्पेनअन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ।
‘नेपालको शान, मुम्बईको मैदान’ अभियानअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दोस्रो चरणको विजेता टेकनाथ भण्डारी हुन् । उनले मोडर्न डिजिटल इलेक्ट्रोनिक्स, पोखराबाट टीसीएल क्यूएलईडी टेलिभिजन खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने छ ।
कम्पनीका अनुसार टीसीइल वासिङ मेसिन खरिद गर्दा ३ केजी एरिएल डिटर्जेन्ट निःशुल्क प्रदान गरिने छ ।
त्यस्तै, कम्पनकीकै एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा दिइएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका टेलिभिजन खरिदमा एनईटीटीभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन पनि उपलब्ध गराइएको छ ।
साथै, नागरिकताको आधारमा ईएमआई सुविधा र पुरानो सामान साटेर नयाँ किन्न सकिने एक्सचेन्ज अफरसमेत लागू गरिएको कम्पनीले जनाएको छ ।
क्याम्पेनमा सहभागी हुन टीसीएल [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना ३१००३ मा एसएमएस गर्न कम्पनीले आग्रह गरेको छ ।













प्रतिक्रिया