गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर « Khabarhub

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने निर्णय गरेको छ।

बिहीबार ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको अध्यक्षतामा घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता देवराज चालिसेकाअनुसार प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठनको निर्णय पनि गरेको छ।

यो बैठकमा पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको कागजात निर्वाचन आयोगमा अद्यावधिक गर्ने निर्णय पनि भएको छ।

त्यसका लागि एउटा टोलीलाई निर्वाचन आयोगमा पठाएर समानुपातिक उम्मेदवारको सूची संशोधन गर्ने विषयमा पनि कुरा भएको उनले बताएका छन् ।

बिहीबार बिहान ३ बजे काठमाडौंको भृकुटीमण्डपमा सकिएको चार दिन लामो दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको छ।

उता विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई उपसभापतिमा चयन गरेको छ। प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्रीमा चयन गरिएको छ।

डिला संग्रौला, प्रकाश रसाइली, बहादुरसिंह लामा, उदयशमशेर जबरा, मुक्ताकुमारी यादव, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा कार्यसमितिका सह-महामन्त्री भएका छन् ।

उता बुधबार दिउँसो सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन आयोजक गगन, विश्वप्रकाश र सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासित गरेको छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : १२ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को