पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा « Khabarhub

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान कैदीहरू सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको अफगानिस्थानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

कानुन बमोजिम आवश्यक कागजातको अभावका कारण विभिन्न पाकिस्तानी जेलहरूमा बन्दी बनाएर राखिएका कैदीहरू रिहा भए सँगै दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ। 

मन्त्रालयका अनुसार उनीहरूले आवश्यक मानवीय सहयोग आफ्नो गृह प्रान्तमा पुग्नु अघि नै  सीमाबाट भित्रिने बित्तिकै प्राप्त गरेका छन् । 

गत वर्षको जुलाईमा अफगान विदेश मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने ती मध्ये अधिकाशं अफगानहरूले छिमेकी इरान र पाकिस्तानमा कैद जीवन बिताई रहेको बताइएको छ । 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : ३४ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको