एमालेका विशेष जिल्ला इन्चार्ज रमेशको बिदाइ, समीकको स्वागत  « Khabarhub

एमालेका विशेष जिल्ला इन्चार्ज रमेशको बिदाइ, समीकको स्वागत 


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा नयाँ इन्चार्जको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । 

बुधबार च्यासलमा आयोजित कार्यक्रममा पार्टीका सचिव तथा राजधानी इन्चार्ज डा. राजन भट्टराई, राजधानी अध्यक्ष नारायण सिलवाल, सचिव मिलन धरेल, बिदा हुन लागेका इन्चार्ज रमेश पौडेल र नयाँ इन्चार्ज समिक कुमार बडाल लगायत सहभागी थिए । 

कार्यक्रममा कमिटीको उपाध्यक्ष श्यामकाजी खत्रीले नेता पौडेलको योगदानको चर्चा गर्दै सबैलाई भावुक बनाएका थिए । 

उनले ले भने, ‘रमेश पौडेलको व्यवस्थापन र व्यक्तिगत त्याग बिना यो कमिटीको संगठित सदस्य संख्यामा वृद्धि र कमिटीको अहिलेको स्थिति सम्भव थिएन। उहाँले घरको किस्ता तिर्न र गहना राखेर पनि कमिटीको लागि आवश्यक रकम व्यवस्थापन गर्नुभएको थियो।’

प्रचार विभाग प्रमुख किरण देउजाका अनुसार युवा विद्यार्थी विशेष कमिटीमा हाल ४५०२ जना सदस्य छन् । जुन केही वर्षमा उल्लेख्य रूपमा बढेको हो। यस कमिटीले अब सक्रिय भूमिका निर्वाह गर्दै पार्टीका गतिविधिहरूमा योगदान दिइरहेको छ। 

कार्यक्रममा बिदा हुन लागेका रमेश पौडेललाई दोसल्ला र कदर पत्रसहित सम्मान गरिएको थियो। ‘तपाईँले देखाएको नेतृत्व र पार्टीको माया हामीले सिक्यौँ। कार्यकर्ता कसरी परिवार भन्दा बढी पार्टीको माया गर्नुपर्छ भन्ने उदाहरण दिनुभयो’, सहभागीहरूले भने । 

कमिटीका नेताहरूले पौडेललाई एमालेका सम्पत्ति र पार्टीको वास्तविक प्रेरणा भएको भन्दै धन्यवाद दिए । 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ४ : ०६ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय