एमालेका विशेष जिल्ला इन्चार्ज रमेशको बिदाइ, समीकको स्वागत  « Khabarhub

एमालेका विशेष जिल्ला इन्चार्ज रमेशको बिदाइ, समीकको स्वागत 


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा नयाँ इन्चार्जको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । 

बुधबार च्यासलमा आयोजित कार्यक्रममा पार्टीका सचिव तथा राजधानी इन्चार्ज डा. राजन भट्टराई, राजधानी अध्यक्ष नारायण सिलवाल, सचिव मिलन धरेल, बिदा हुन लागेका इन्चार्ज रमेश पौडेल र नयाँ इन्चार्ज समिक कुमार बडाल लगायत सहभागी थिए । 

कार्यक्रममा कमिटीको उपाध्यक्ष श्यामकाजी खत्रीले नेता पौडेलको योगदानको चर्चा गर्दै सबैलाई भावुक बनाएका थिए । 

उनले ले भने, ‘रमेश पौडेलको व्यवस्थापन र व्यक्तिगत त्याग बिना यो कमिटीको संगठित सदस्य संख्यामा वृद्धि र कमिटीको अहिलेको स्थिति सम्भव थिएन। उहाँले घरको किस्ता तिर्न र गहना राखेर पनि कमिटीको लागि आवश्यक रकम व्यवस्थापन गर्नुभएको थियो।’

प्रचार विभाग प्रमुख किरण देउजाका अनुसार युवा विद्यार्थी विशेष कमिटीमा हाल ४५०२ जना सदस्य छन् । जुन केही वर्षमा उल्लेख्य रूपमा बढेको हो। यस कमिटीले अब सक्रिय भूमिका निर्वाह गर्दै पार्टीका गतिविधिहरूमा योगदान दिइरहेको छ। 

कार्यक्रममा बिदा हुन लागेका रमेश पौडेललाई दोसल्ला र कदर पत्रसहित सम्मान गरिएको थियो। ‘तपाईँले देखाएको नेतृत्व र पार्टीको माया हामीले सिक्यौँ। कार्यकर्ता कसरी परिवार भन्दा बढी पार्टीको माया गर्नुपर्छ भन्ने उदाहरण दिनुभयो’, सहभागीहरूले भने । 

कमिटीका नेताहरूले पौडेललाई एमालेका सम्पत्ति र पार्टीको वास्तविक प्रेरणा भएको भन्दै धन्यवाद दिए । 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ४ : ०६ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त