हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड « Khabarhub

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड घोषित भएको छ । 

बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलको पछिल्लो तथ्यांङ्क अनुसार बिक्री परिमाणका आधारमा हायर होम एप्लायन्समा पुनः एक पटक विश्वकै अग्रणी ब्रान्ड बन्न सफल भएको हो । 

यो सँगै हायर ब्राण्डले विगत १७ वर्षदेखिको आफ्नो यो ऐतिहासिक सफलतालाई कायम राख्न सफल भएको छ ।

विश्वभरका प्रयोगकर्ताहरूको अटुट विश्वास र सद्भावका कारण हायरले लगातार १७ वर्षदेखि यो ऐतिहासिक सफलता कायम राख्न सफल भएको हो । 

युरोमोनिटर इन्टरनेशनलले जारी गरेको सन् २०२५ को तथ्यांङ्क अनुसार बिक्रीका आधारमा रेफ्रिजेरेटर तर्फ विगत १८ वर्ष देखि हायर विश्वकै नम्बर एक ब्राण्ड बन्दै आएको छ भने, वासिङ मेसिनमा १७ वर्षदेखि र वाइन कुलरतर्फ विगत १६ वर्षदेखि हायरका उत्पादन लगातार विश्वको नम्बर १ प्रोडक्टका रुपमा स्थापित छन् । 

त्यतिमात्रै नभएर हायर ब्राण्डको फ्रिजर बिक्रीका आधारमा विगत १५ वर्षदेखि विश्वकै नम्बर १ प्रोडक्टको रुपमा कायम छ । 

‘ग्राहकको भावना बुझ्ने र उत्पादनमा नवीनता ल्याउने प्रयास हायरको यो निरन्तर सफलताको रहस्य हो । हामी प्रयोगकर्ताहरूलाई सधैँ केन्द्रमा राखेर प्रयोगकर्ताकै आवश्यकता अनुसारका समाधानहरू उपलब्ध गराउन तत्पर छौँ । हायरले ग्राहकका कुराहरू ध्यान दिएर सुन्छ’,  कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

उदाहरणका लागि, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले साना लुगाहरू धुने छुट्टै ठाउँ आवश्यकता देखाउँदै कमेन्ट गर्ने गरेको देखेपछि कम्पनीले , ‘मल्टी ड्रम’ वासिङ मेसिनको आविष्कार गरेको थियो । 

यसका साथै, मौसमका हिसाबले सधैँ चिसो हुने ठाउँमा त्यहीअनुसारको वासिङ मेसिन, ऊर्जा खपत कम चाहिने ठाउँमा सोही अनुसारको प्रविधिलाई कम्पनीले अवलम्बन गरेको छ । यसले ग्राहकको सुझाव र स्थानीय आवश्यकतालाई कम्पनीले कसरी विश्वव्यापी प्रविधिसँग जोड्दै अघि बढी रहेको छ भन्ने प्रस्ट पार्छ  ।

खेलकुदमार्फत विश्व प्रभाव

सन् २०२५ मा हायरले खेलकुदलाई मानवीय जीवन र उत्साहको साझा भाषाको रूपमा आत्मासाथ गर्दै प्रयोगकर्ताहरूसँगको सम्बन्धलाई थप परिस्कृत गरेको छ । यो क्रममा कम्पनीले लिभरपुल एफसी, पेरिस सेन्ट–जर्मन र एटीपी टूर जस्ता विश्वस्तरीय खेलकुल संस्थाहरूसँग दीर्घकालीन साझेदारी गरेको छ । साथै, सन् २०२५ को अस्ट्रेलियन ओपनको आधिकारिक साझेदारको रूपमा समेत कम्पनी जोडिएको छ । जसले कम्पनीको उत्कृष्टता र उच्च प्रदर्शनप्रतिको आफ्नो प्रतिबद्धता झल्काएको छ । 

भविष्यप्रतिको दीर्घ प्रतिबद्धता

हायरले वातावरण र समाजप्रतिको आफ्नो जिम्मेवारीलाई पनि विशेष प्राथमिकता दिएको छ । हायर स्मार्ट होमले सन् २०५० सम्म आफ्ना उत्पादनहरु कार्बन रहित बनाउने लक्ष्य राखेको । यसका साथै कम्पनीले आफ्ना हरेक गतिविधिहरूमा शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्ने गरी काम गरिरहेको छ ।

मानिस र विश्वासको जगमा निर्माण

हायरले हासिल गरेको यो ठूलो उपलब्धि पछाडी यसमा काम गर्ने कर्मचारीको ठुलो योगदान छ । जसका कारण सन् २०२५ मा हायर स्मार्ट होम लगातार नवौं पटक फोब्र्सको ‘विश्वकै उत्कृष्ट रोजगारदाता’ सूचीमा पर्न सफल भयो । यसका साथै, फच्र्युन ग्लोबल ५०० मा आठ पटक र विश्वकै सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचीमा सात पटक परेर हाइअरले आफ्नो छुट्टै पहिचान बनाएको छ । ब्रान्डजेटले हायरलाई विश्वकै एक मात्र आईओटी इकोसिस्टम ब्रान्डको रूपमा मान्यता समेत दिएको छ । 

हाल विश्वका २०० भन्दा बढी देशका १ अर्बभन्दा बढी घरपरिवारलाई हायरले सेवा दिइरहेको छ । प्रयोगकर्ताहरूको अनुभव र सुझावलाई नै मुख्य मार्गदर्शक मान्दै हाइअरले आगामी दिनमा पनि नवीनता र सेवामा नयाँ उचाइ हासिल गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ५ : ४२ बजे

अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी

झापा-५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा

१४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख मतपत्र छपाइ

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा

‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यसहित न्यायपूर्ण समाज निर्माणमा एमालेको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को