जापानमा विपक्षी दलको संयुक्त मोर्चा « Khabarhub

जापानमा विपक्षी दलको संयुक्त मोर्चा


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ गठबन्धनलाई चुनौती दिन संयुक्त चुनावी मोर्चा गठन गर्ने सहमति जनाएका छन् ।

सम्भावित आकस्मिक चुनावलाई लक्षित गर्दै उनीहरूले स्विङ मतदाताहरू आकर्षित गर्ने उद्देश्यका साथ नयाँ गठबन्धन बनाउने निर्णय गरेका हुन् ।

सबैभन्दा ठूलो विपक्षी दल जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी (सिडिपी) का नेता योशिहिको नोडाले बिहीबार पत्रकारहरूसँग भने,’हामी संयुक्त रूपमा चुनाव लड्न नयाँ पार्टी गठन गर्न सहमत भएका छौँ ।’ उनका अनुसार विपक्षी शक्तिहरू एकीकृत भएर सत्तारूढ पक्षको सामना गर्ने तयारीमा छन् ।

मिडिया रिपोर्टहरूका अनुसार आगामी महिना हुनसक्ने आम चुनावमा सिडिपीले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को पूर्व गठबन्धन साझेदार कोमेइटोसँग सहकार्य गर्दै चुनाव लड्ने तयारी गरेको छ । यस गठबन्धनलाई प्रधानमन्त्री ताकाइची नेतृत्वको दक्षिणपन्थी सत्तारूढ गठबन्धनको ‘मध्यमार्गी’ विकल्पका रूपमा प्रस्तुत गरिने बताइएको छ ।

प्रधानमन्त्री ताकाइचीको पार्टी तथा यसको वर्तमान कनिष्ठ साझेदार जापान इनोभेसन पार्टीका अधिकारीहरूले बुधबार पत्रकारहरूलाई जानकारी दिँदै अर्को हप्ता संसदीय सत्र सुरु भएलगत्तै शक्तिशाली तल्लो सदन विघटन गरी आकस्मिक चुनावको घोषणा गर्ने प्रधानमन्त्रीको योजनाबारे आफूहरूलाई सूचित गरिएको बताएका थिए ।

टोकियोस्थित नेसनल ग्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टडिजका डिन मिकिताका मासुयामाले भने, ‘यदि स्विङ मतदाताहरू कोमेइटो–सिडिपी ब्लकलाई विश्वासयोग्य विकल्पका रूपमा हेर्न थाल्छन् र उनीहरूलाई मत दिन सकिन्छ भन्नेमा विश्वस्त भए भने यो आम चुनाव निकै प्रतिस्पर्धात्मक हुन सक्छ, तर यो सम्भावना भने तुलनात्मक रूपमा कम देखिन्छ ।’

त्यसैगरी टोकियो विश्वविद्यालयका प्राध्यापक एमेरिटस सदाफुमी कावाटोले विश्लेषण गर्दै भने, ‘सबैभन्दा अनुकूल अवस्थामा कोमेइटोले आफ्ना सिटहरू जोगाउन सक्छ र सिडिपीले केही सिट थप्न सक्छ, तर त्यसले सत्तारूढ गुटलाई पराजित गर्न भने पर्याप्त नहुन सक्छ ।’

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : ०१ बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ