बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ? « Khabarhub

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने योजना अनुसार आफू नेतृत्वको सरकार अपदस्त गर्ने काम भएको बताएका छन् ।

४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको लोकार्पण कार्यक्रमलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय मुलुक जलाउने र अराजकता मच्चाउने प्रयास भएको पनि बताएका छन् । ‘सरकार अपदस्थ गर्नेदेखि मुलुक जलाउने काम भयो,’ अध्यक्ष ओलीले भने, ‘अहिले मुलुक जलाउनेहरूकै डाको ठूला ठूला छन्।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबारे कटाक्ष गर्दै केही व्यक्तिहरू आफूविरुद्ध चुनाव लड्ने भन्दै तामझामका साथ निर्वाचन क्षेत्रमा पुगेको बताए ।

त्यसरी तामझामसहित झापामा भइरहेको गतिविधिमा प्रयोग भएको पैसाको स्रोतप्रति पनि उनले प्रश्न उठाए। ‘कोही–कोही केपी ओलीसँग चुनाव लड्छु भनेर तामझाम गरेर हामीले नचिन्ने नोट लिएर निर्वाचन क्षेत्रमा पुगेका छन्,’ उनले भनेका छन् ।

एमाले प्रतिक्रियावादीको दया, माया र कृपाले यहाँसम्म नपुगेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पार्टी सङ्घर्षकै बलमा स्थापित भएको बताए ।

‘हामी प्रतिक्रियावादीको दया, माया र कृपाले यहाँ पुगेका होइनौँ,’ उनले भने, ‘नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन, किनकि यहाँ एमाले छ।’

अराजक गतिविधि गर्नेहरूप्रति लक्षित गर्दै उनले कडा टिप्पणी पनि गरे । ‘लुसिफरहरूले धेरै धाक नलगाए हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘जलाउनेहरूले ती जलाएका संरचनाहरू फेरि बनाउनु पर्दैन?’

इतिहास लामो हुने भएकाले कसैको हातबाट इतिहास नाप्ने प्रयास नगर्न चेतावनी दिँदै उनले युवापुस्तालाई गम्भीर सन्देश दिए । ‘तिम्रै हातबाट इतिहास नाप्न नखोज, इतिहास लामो छ,’ उनले भने, ‘युवाहरूले डिग्री गरेर मात्र हुँदैन, देश पढ, देश बुझ।’

अध्यक्ष ओलीले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई देशका निम्ति लडिरहेको स्पष्ट पार्दै परिवर्तन नभएको होइन, परिवर्तन भएको छ भन्ने कुरामा जोड दिए । ‘हामी महान् कठिनको घडीमा छौँ,’ उनले भने, ‘तर संघर्षबाट सबै कुरा पार लगाउँछौँ।’

नेपाली समाज बिस्तारै विकृत हुँदै गएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याए । नेपाली मन भड्काउने र अराजकता फैलाउने तत्त्वहरूलाई नियन्त्रण गर्नुपर्नेमा उनको जोड थियो ।

ओलीले कांग्रेसमा देखिएको विभाजन प्रति चिन्ता व्यक्त गर्दै कांग्रेलाई अदृश्य शक्तिले विभाजनको प्रयास गरेको बताए । यस्तै प्रयास एमाले विभाजनको बेला पनि भएको ओलीले स्पष्ट पारे ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : २२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको