रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ? « Khabarhub

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता भण्डारी नेतृत्वको महान्यायाधिवक्ताको कार्यालय इतिहासमा कहिल्यै नबिर्सने गरी कलंकित भएको टिप्पणी गरेका छन् । 

सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयबारे उनले यस्तो बताएका हुन् ।

ओलीले सुशीला कार्की नेतृत्वको सरकारले ठगहरूलाई प्रोत्साहन गरेको पनि बताएका छन् ।

‘जसको लौरो, त्यसैको भैँसी भनेजस्तो शासन नेपालमा पनि स्थापित भको छ, महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मलाई कलंकित भएको छ’, ओलीले भने, ‘अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति मजाले खान पाइन्छ, मुद्दा लाग्दैन, हिजो मुद्दा लागे पनि माफी मिनाहा गरेर चुनावमा हिरो बनाउँदै अगाडि सारिन्छ ।’

ओलीले वर्तमान सरकारको कार्यशैली देखेर दिक्क लागेको बताए । ‘डिम्बका काण्ड बिर्सिऊँ कि भन्यो फेरि अर्को काण्ड, अर्को काण्ड बिर्सिऊँ भन्यो फेरि अर्को काण्ड’, उनले भने, ‘अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताको काण्ड, दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ता कार्यालयले तिर्ने होला ?’

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : ३० बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम