काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा तीव्र गतिले अघि बढिरहेको बताएका छन् । विश्वमा अनिश्चितता र अस्थीरता कायम रहेका बेला भारत भने सुनिश्चितता र स्थीरताको अभूतपूर्व युगमा रहेको उनले बताए ।
भाइब्रेन्ट गुजरात क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत विश्वमा सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि हासिल गर्ने महत्वपूर्ण अर्थतन्त्रका रुपमा रहेको भन्दै अब चाँडै तेस्रो ठूलो अर्थतन्त्र बन्ने दाबी गरे ।
भारतको यो प्रगतिमा गुजरात राज्यको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । उनले अहिले विश्वले भारतलाई निकै अपेक्षित नजरले हेरिरहेको उल्लेख गरे ।
उनले मध्यमवर्गको विस्तार र उनीहरुको क्रय क्षमताले भारतलाई अथाह सम्भावनाको मुलुक बनाएको उनले बताए । उनले भारत ‘रिफर्म, पर्फम र ट्रान्सफर्म’ को मन्त्रलाई आत्मसात गर्दै अघि बढिरहेको बताए ।













प्रतिक्रिया