चीनमा चर्चका नेताहरु पक्राउ « Khabarhub

चीनमा चर्चका नेताहरु पक्राउ


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिणपश्चिम चीनमा एउटा भूमिगत चर्चका नेताहरु पक्राउ परेका छन् । अर्ली रेन कभोनेन्ट चर्चले विज्ञप्ति जारी गर्दै आफ्ना नेताहरु पक्राउ परेको जानकारी दिएको हो ।

यस चर्चका नेता ली यिङचियाङलाई सुरक्षाकर्मीले पक्राउ गरेको जनाइएको छ । सिचुवान प्रान्तको डेयाङ शहरस्थित आफ्नै घरबाट उनी पक्राउ परेको बेलायती अखबार द गार्जियनले जनाएको छ ।

उनीसँगै श्रीमती झाङ सिन्युए र अन्य दुई जना चर्चका सदस्यहरु पनि पक्राउ परेका छन् । त्यसबाहेक अरु चार जनालाई पनि पक्राउ गरी पछि छाडिएको छ ।

यसअघि गत अक्टोबर महिनामा पनि चीनमा जायोन चर्चका १८ जना वरिष्ठ नेताहरु पक्राउ परेका थिए । त्यसैगरी, डिसेम्बर महिनामा पनि एउटा चर्चमा आबद्ध झण्डै १ सय जनालाई झेजियाङ प्रान्तबाट पक्राउ गरिएको थियो ।

चीनमा आफ्नै घरमा चर्च सञ्चालन गर्नेलाई लक्षित गरी पछिल्लो समय दमन गर्ने क्रम बढिरहेको जनाइएको छ । राजनीतिक सिद्धान्तमा बलियो पकड जमाउनका लागि चीनले यसरी इसाई धर्मावलम्बीलाई निशाना बनाएको विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १ : २४ बजे

इरान स्कुल विस्फोटमा न्यायको माग

तेहरान- इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन

म्याग्दी– विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह