काठमाडौं- पाकिस्तानमा एक जना अफगान पत्रकार पक्राउ परेका छन् । राजधानी इस्लामावादमा अफगान पत्रकार उबैदुल्लाह अहमदी पक्राउ परेका हुन् ।
उनीमाथि लगाइएको अभियोगबारे भने केही खुलाइएको छैन । पाकिस्तानी प्रहरीले पछिल्लो समय घरघरमा छापा मारेर दस्तावेजविहीन अफगान शरणार्थीलाई पक्राउ गर्दै आएको छ ।
यस्तो अभियानका क्रममा पछिल्ला केही सातामा दर्जनौँ अफगान पत्रकार पक्राउ परिसकेका छन् । जोखिपूर्ण अवस्थामा रहेपनि पाकिस्तानमा रहेका अधिकांश अफगान पत्रकारले दीर्घकालीन कानुनी संरक्षण प्राप्त गरेका छैनन् ।
अफगान पत्रकारलाई पक्राउ गरेकोमा विभिन्न मानव अधिकारवादी संस्थाहरुले निन्दा गरेका छन् । सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि सयौँ पत्रकार पाकिस्तानतर्फ पलायन भएका छन् ।













प्रतिक्रिया