३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ « Khabarhub

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ


१ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

मोरङ उर्लाबारीका सनम शाक्यलाई विसं २०७४ फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो। सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुरामणि उप्रेती (गोरे)लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ९ : ०८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म