हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट « Khabarhub

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट


१ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी (उनेपा) परित्याग गरेकी विद्या श्रेष्ठ श्रम संस्कृति पार्टी प्रवेश गरेकी छन् । कुलमान घिसिङ नेतृत्वको उनेपा छोडेकी उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीबाट उम्मेदवार बन्ने बताएकी हुन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गरेकी छन् ।

हेटौँडा बजार क्षेत्रको सडक विस्तार तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निर्देशनमा अघि बढाइएको भन्दै उनले त्यसको विरोध गर्दै पार्टी छोडेकी थिइन् ।

जनताको घर–आँगनमा डोजर चलाएर आतंक मच्चाउने प्रवृत्तिलाई स्वीकार गर्न नसक्ने बताउँदै श्रेष्ठले यस्तो नीतिको समर्थन गर्ने पार्टीमा बस्न नसक्ने धारणा सार्वजनिक रूपमा राखेकी थिइन्।

सडक विस्तार कार्य रोक्न पटक–पटक आग्रह गर्दा पनि मन्त्री घिसिङले आफ्नो माग नसुनेको आरोप लगाउँदै उनले उनेपाबाट अलग हुने निर्णय गरेकी थिइन्।

काठमाडौँको स्थायी बासिन्दा भए पनि हेटौँडाको सडक विस्तारविरुद्धको आन्दोलनमा सक्रिय रहँदै आएकी श्रेष्ठ अहिले श्रम, संस्कृति पार्टीको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिन लागेकी हुन्। उनले देश निर्माणका लागि आफूलाई समर्थन गर्न ‘माटो’ चुनाव चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेकी छिन्।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ९ : १५ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा