ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ « Khabarhub

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा झापामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई पछार्ने बताएका छन् ।

बिहीबार साँझ फेसबुकमार्फत उनले भनेका छन्, ‘हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछराइ पछार्नेछौँ ।’

जति नै भ्रमको अँध्यारो छरे पनि आफू आएर बोलेपछि एक सेकेण्ड पनि भ्रम नटिक्ने उनको दाबी छ ।

झापा क्षेत्र नम्बर ५ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको निर्वाचन क्षेत्र हो । यही निर्वाचन क्षेत्रबाट बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा छ । हर्कले यहाँ आफ्नो पार्टीको उम्मेदवारले जित्ने बताउँदै आइरहेका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १० : १९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी