कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने « Khabarhub

कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सारेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा बुधबार प्रतिज्ञापत्र सार्वजनिक हुनेछ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने भनिएको चुनावी प्रतिज्ञापत्र स्थगित गरी फागुन ६ गते बुधबार मधेश प्रदेशको जनकपुरधाममा हुने चुनावी सभाबाट सार्वजनिक गर्ने बताए ।

प्रवक्ता चालिसेले पार्टीको चुनावी प्रतिज्ञापत्र (घोषणापत्र) निर्वाचन आयोगमा भने आज (आइतबार) नै बुझाउने जानकारी दिए ।

निर्वाचन आयोगले दलहरुलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र आजसम्म आयोगमा बुझाइसक्न समय दिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : ४१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली