पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई « Khabarhub

पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ ।

शनिबार माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोर्ट्स क्लब इलामलाई ४–२ गोलअन्तरले पराजित गर्दै दारिम्बाले उपाधि हात पारेको हो ।

दारिम्बाका लागि स्मिता लिम्बूले दुई तथा सलिना कोइराला र सुजिता तामाङले एक–एक गोल गरे । जनता सेभेनका तर्फबाट रेखा विष्ट र कल्पना जिम्बाले समान एक–एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै जनता सेभेनकी रेखा विष्टले पेनाल्टी क्षेत्रबाट गोल गर्दै टिमलाई अग्रता दिलाइन् । तर त्यो अग्रता धैरै समय टिक्न सकेन । सातौँ मिनेटमा दारिम्बाकी स्मिता लिम्बूले हेडमार्फत गोल गरी खेल १–१ को बराबरीमा ल्याइन् । चौधौँ मिनेटमा सलिना कोइरालाले गोल गर्दै दारिम्बालाई २–१ को अग्रता दिलाइन् । कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै २२ैँ मिनेटमा पुनः स्मिता लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ गोलले अगाडि बढाइन् । २९औँ मिनेटमा जनता सेभेनकी कल्पना जिम्बाले रिबाउन्ड बललाई सदुपयोग गर्दै अन्तर ३–२ मा झारिन् ।

५३औँ मिनेटमा दारिम्बाकी गोलकिपर सुजिता तामाङले फ्रिकिकमार्फत गोल गर्दै टिमलाई ४–२ को अन्तरमा जित सुनिश्चित गरिन् । सुरुआती अग्रता लिए पनि जनता सेभेन खेलअवधिभर दबाबमा रह्यो ।

उपाधिसँगै विजेता दारिम्बाले नगद तीन लाख ७० रुपैयाँसहित ट्रफी हात पारेको छ । उपविजेता बनेको जनता सेभेनले नगद दुई लाख ७० मा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता दारिम्बाकी सुजता तामाङ, उत्कृष्ट डिफेन्डर दारिम्बाकै मनिता तामाङ, उत्कृष्ट खेलाडी उपविजेता जनता सेभेनकी रेखा विष्ट, उदयीमान खेलाडी जनता सेभेनकै नविना श्रेष्ठ र सर्वाधिक गोलकर्ता जनता सेभेनकै सरिता नाथ (चार गोल) घोषित भए ।

उनीहरूले जनही नगद पाँच हजार ७० सहित ट्रफी प्राप्त गरेको आयोजक आत्मापवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

स्थानीय किरात धर्मगुरुआमा पवित्रहाङमा साँवा (लिङदेन)को ७०औँ जन्मोत्सवका अवसरमा माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी एवं भारत दार्जिलिङका गरी आठ महिला टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ८ : १२ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम