पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई « Khabarhub

पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ ।

शनिबार माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोर्ट्स क्लब इलामलाई ४–२ गोलअन्तरले पराजित गर्दै दारिम्बाले उपाधि हात पारेको हो ।

दारिम्बाका लागि स्मिता लिम्बूले दुई तथा सलिना कोइराला र सुजिता तामाङले एक–एक गोल गरे । जनता सेभेनका तर्फबाट रेखा विष्ट र कल्पना जिम्बाले समान एक–एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै जनता सेभेनकी रेखा विष्टले पेनाल्टी क्षेत्रबाट गोल गर्दै टिमलाई अग्रता दिलाइन् । तर त्यो अग्रता धैरै समय टिक्न सकेन । सातौँ मिनेटमा दारिम्बाकी स्मिता लिम्बूले हेडमार्फत गोल गरी खेल १–१ को बराबरीमा ल्याइन् । चौधौँ मिनेटमा सलिना कोइरालाले गोल गर्दै दारिम्बालाई २–१ को अग्रता दिलाइन् । कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै २२ैँ मिनेटमा पुनः स्मिता लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ गोलले अगाडि बढाइन् । २९औँ मिनेटमा जनता सेभेनकी कल्पना जिम्बाले रिबाउन्ड बललाई सदुपयोग गर्दै अन्तर ३–२ मा झारिन् ।

५३औँ मिनेटमा दारिम्बाकी गोलकिपर सुजिता तामाङले फ्रिकिकमार्फत गोल गर्दै टिमलाई ४–२ को अन्तरमा जित सुनिश्चित गरिन् । सुरुआती अग्रता लिए पनि जनता सेभेन खेलअवधिभर दबाबमा रह्यो ।

उपाधिसँगै विजेता दारिम्बाले नगद तीन लाख ७० रुपैयाँसहित ट्रफी हात पारेको छ । उपविजेता बनेको जनता सेभेनले नगद दुई लाख ७० मा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता दारिम्बाकी सुजता तामाङ, उत्कृष्ट डिफेन्डर दारिम्बाकै मनिता तामाङ, उत्कृष्ट खेलाडी उपविजेता जनता सेभेनकी रेखा विष्ट, उदयीमान खेलाडी जनता सेभेनकै नविना श्रेष्ठ र सर्वाधिक गोलकर्ता जनता सेभेनकै सरिता नाथ (चार गोल) घोषित भए ।

उनीहरूले जनही नगद पाँच हजार ७० सहित ट्रफी प्राप्त गरेको आयोजक आत्मापवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

स्थानीय किरात धर्मगुरुआमा पवित्रहाङमा साँवा (लिङदेन)को ७०औँ जन्मोत्सवका अवसरमा माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी एवं भारत दार्जिलिङका गरी आठ महिला टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ८ : १२ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो