विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त « Khabarhub

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र पाकिस्तानको खेल हुँदैछ । समूह ‘ए’मा भारत र पाकिस्तानले दुई दुई खेल जितिसकेका छन् । समान चारचार अंक भए पनि रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ ।

भारत र पाकिस्तानको खेल आइतबार साँझ ७ः१५ बजे श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ । भारतसँग विश्वकप नखेल्ने निर्णय गरेको पाकिस्तानले पछिल्लो समय निर्णय फिर्ता लिएको हो । सामरिक दृष्टिकोणले समेत भारत र पाकिस्तानको खेललाई रोचक ढंगले हेरिन्छ ।

भारत र पाकिस्तान दुवै टिम अपराजित रहँदै सुपर एटमा पुग्न चाहन्छन् । आजको खेलमा टिम सुपर एटमा पुग्नेछ । विश्वकपमा समूह ‘ए’मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । यो समूहमा अमेरिका र नेदरल्यान्ड्सले एकएक जित निकाल्दा नामिबिया जितबिहीन छ ।

आइतबार अर्को खेलमा आइतबार बिहान नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा हुँदैछ ।

समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ । शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ भने वेस्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर आठमा पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

आइतबार नै हुने अर्को खेलमा दिउँसो ३ः१५ बजे अमेरिका र नामिबियाले प्रतिस्पर्धा गर्दैछन् । नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने अमेरिका दोस्रो जितको खोजिमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : १० बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार