विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त « Khabarhub

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र पाकिस्तानको खेल हुँदैछ । समूह ‘ए’मा भारत र पाकिस्तानले दुई दुई खेल जितिसकेका छन् । समान चारचार अंक भए पनि रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ ।

भारत र पाकिस्तानको खेल आइतबार साँझ ७ः१५ बजे श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ । भारतसँग विश्वकप नखेल्ने निर्णय गरेको पाकिस्तानले पछिल्लो समय निर्णय फिर्ता लिएको हो । सामरिक दृष्टिकोणले समेत भारत र पाकिस्तानको खेललाई रोचक ढंगले हेरिन्छ ।

भारत र पाकिस्तान दुवै टिम अपराजित रहँदै सुपर एटमा पुग्न चाहन्छन् । आजको खेलमा टिम सुपर एटमा पुग्नेछ । विश्वकपमा समूह ‘ए’मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । यो समूहमा अमेरिका र नेदरल्यान्ड्सले एकएक जित निकाल्दा नामिबिया जितबिहीन छ ।

आइतबार अर्को खेलमा आइतबार बिहान नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा हुँदैछ ।

समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ । शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ भने वेस्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर आठमा पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

आइतबार नै हुने अर्को खेलमा दिउँसो ३ः१५ बजे अमेरिका र नामिबियाले प्रतिस्पर्धा गर्दैछन् । नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने अमेरिका दोस्रो जितको खोजिमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : १० बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा