झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन « Khabarhub

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनिनसकेको बताएका छन् ।

काठमाडौंबाट झापाका चुनावी कार्यक्रमका लागि आइतबार आउने क्रममा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको बताए ।

उनले भद्रपुर विमानस्थलमा पत्रकारसँग बोल्दै अझै पनि ढुक्कको वातावरण बनिनसकेको जनाएका हुन्। यसबारे अन्तरिम सरकारले धेरै कुरा जान्नु पर्नेसमेत उनले बताएका छन्।

यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गरेका थिए।

यस पटक अध्यक्ष ओलीको भेटघाट दमकमा केन्द्रित हुने छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री ओली २०४८ सालको निर्वाचनदेखि नै यही भूगोलबाट निर्वाचित हुँदै आएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १ : ३३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली