महाशिवरात्रिको अवसरमा क्रिएसनले खटायो पाँच सय सफाइकर्मी   « Khabarhub

महाशिवरात्रिको अवसरमा क्रिएसनले खटायो पाँच सय सफाइकर्मी  


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  क्रिएसन नेपालले सफा गरौँ अभियान अन्तर्गत महाशिवरात्रि पर्वको अवसरमा पाँच सय भन्दा बढी सफाइकर्मी परिचालन गरी वृहत् सरसफाइ गरेका छन् । 

दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजना अन्तर्गत क्रिएसन नेपालले सञ्चालन गरेको सफा गरौँ अभियान अन्तर्गत करिब पाँच सय भन्दा बढी सपाइकर्मीहरू परिचालन गरी पशुपति क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको क्रिएसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन् । 

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र दर्शनार्थीहरुको लाखौँको सङ्ख्यामा घुइँचो लाग्ने भएको हुँदा फोहोर मैला पनि व्यापक हुने भएको हुनाले निजी क्षेत्रमा कार्यरत सफाईकर्मीहरुसँग मिलेर अभियानको रुपमा हरित शिवरात्रि अभियान सञ्चालन गर्न लागिएको क्रिएसन नेपालका महासचिव रोशना सुवेदीले बताइन । 

महासचिव सुवेदीका अनुसार विभिन्न निजी क्षेत्रका सरसफाइ गर्ने संस्थाहरूको सहकार्यमा करिब दुई भन्दा बढी स्वयंसेवक परिचालन गरी महाशिवरात्रिको एक दिन अगाडि देखि नै मुख्य क्षेत्रलाई सरसफाइ गरिएको उनले बताइन । 

सरसफाइ अभियान अन्तर्गत करिब पाँच सयको सङ्ख्यामा रहेका स्वयंसेवकहरूले लगातार तिन दिन सम्म पशुपति क्षेत्रमा सरसफाइ गतिविधि सञ्चालन गर्ने निर्देशक कोइरालाले जानकारी गराइन । 

उक्त अवसरमा कोकाकोला फाउन्डेसनले महाशिवरात्रिको अवसरमा आउने दर्जन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरूका लागि निःशुल्क रुपमा कोकाकोला कम्पनीका उत्पादनहरू वितरण गरेका थिए । क्रिएसन नेपालले सरसफाइ अभियानलाई सफल बनाउन पशुपति क्षेत्र विकास कोषसँग वृहत् सहकार्य गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : १४ बजे

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा