मतदाता शिक्षाका लागि जुम्लामा स्वयंसेवक परिचालित « Khabarhub

मतदाता शिक्षाका लागि जुम्लामा स्वयंसेवक परिचालित


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जिल्ला निर्वाचन कार्यालय जुम्लाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई  लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालनको तयारी गरेको छ । 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक यही फागुन ३ देखि १७ गतेसम्म कार्यक्षेत्रमा खटिने छन् ।

मतदाता शिक्षा स्वयंसेवकले विशेषगरी निर्वाचन प्रक्रियामा बढीभन्दा बढी मतदाता सहभागी गराउने, मतदान गर्दा ध्यान दिनुपर्ने विधि, प्रक्रियाका बारेमा सिकाउने, बदर हुनसक्ने मत न्यूनीकरण गर्ने, निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराउने र समग्रमा निर्वाचनलाई उत्सवका रूपमा मनाउने विषयमा मतदातालाई सुसूचित गराउने निर्वाचन आयोगले स्पष्ट गरेको छ । 

यसैसन्दर्भमा मतदाता शिक्षा अनुगमनकर्ताका लागि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन भइसकेको छ ।

बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालिका, मातृस्वास्थ्य कार्यकर्ता तथा सामुदायिक अध्ययन केन्द्रका परिचालकहरू मतदाता स्वयंसेवकका रूपमा परिचालित हुने व्यवस्था गरिएको छ । 

जिल्लामा ८५ मतदानस्थल र ११० वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेका छन् । 

महिलातर्फ ३४ हजार २८० जना र पुरुषतर्फ ३७ हजार ४५९ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले स्पष्ट गरेको छ ।
 

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : ३६ बजे

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६