केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो « Khabarhub

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका भक्तजनको घुइँचो लागेको छ ।  

डोलेश्वर महादेव मन्दिरमा आइतबार चारै ढोका खुला गरेर पूजा एवं दर्शनको व्यवस्था गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, कम्बल र धोती दिएर बिदाइ गर्ने व्यवस्था गरेको उनले बताए ।

शिवरात्रीका लागि यस वर्ष भारतलगायत नेपालका विभिन्न ठाउँबाट करिब ४०० जना साधुसन्त एवं बाबाहरू डालेश्वर पुगेका छन् ।

त्यसैगरी, महाशिवरात्रिका अवसरमा सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव लगाएतका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । 
 

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : ५५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको