केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो « Khabarhub

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका भक्तजनको घुइँचो लागेको छ ।  

डोलेश्वर महादेव मन्दिरमा आइतबार चारै ढोका खुला गरेर पूजा एवं दर्शनको व्यवस्था गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, कम्बल र धोती दिएर बिदाइ गर्ने व्यवस्था गरेको उनले बताए ।

शिवरात्रीका लागि यस वर्ष भारतलगायत नेपालका विभिन्न ठाउँबाट करिब ४०० जना साधुसन्त एवं बाबाहरू डालेश्वर पुगेका छन् ।

त्यसैगरी, महाशिवरात्रिका अवसरमा सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव लगाएतका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । 
 

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली