वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार « Khabarhub

वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट इन्डिजसँग नेपालले फराकिलो हार व्यहोरेको छ । वेस्ट इन्डिजले ९ विकेटले जितेको हो ।

मुम्बईको वानखेडे रंगशालामा टस जितेर वेस्ट इन्डिजले पहिले फिल्डिङ गरेको थियो । पहिले ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५ ओभरमा २ बलमा १ विकेटको क्षतिमा भेट्टायो ।

आजको खेलमा ब्याटिङ र बलिङ दुवैमा नेपाल कमजोर देखियो । बलिङतर्फ नेपालका नन्दन यादवले ओपनर ब्रान्डन किङको एक विकेट लिए । अन्य बलर विकेटविहीन रहे ।

वेस्ट इन्डिजका किङले १७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । ओपनर शाई होपले अर्धशतक प्रहार गरे । उनले ४४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६१ रन जोडे ।

शिमरोन हिटमायरले अविजीत ४६ रन जोडे । उनले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

पहिलो इनिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ५८ रन जोडे । सुरुवाती क्रममा अन्य ब्याटरहरु चल्न नसक्दा नेपालको इनिङ नाजुक बनेको थियो ।

ओपनर कुशल भुर्तेल १, अर्का ओपनर आशिफ शेख ११, कप्तान रोहित पौडेल ५, आरिफ शेख २, लोकेश बम १३, गुल्शन झा ११ रनमा आउट भए । सोमपाल कामीले अविजीत २६ रन जोडे । सोमापल र दीपेन्द्रको ब्याटिङले नेपाललको इनिङ केही हदसम्म उकासिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  २ : १९ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा