प्रतिकूल मौसमले गोसाइँकुण्ड यात्रामा असर, हवाई सेवा अवरुद्ध « Khabarhub

प्रतिकूल मौसमले गोसाइँकुण्ड यात्रामा असर, हवाई सेवा अवरुद्ध


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । 

लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो ।

स्थानीय व्यवसायीका अनुसार अचानक मौसम विग्रिएपछि  कुण्ड जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किएका छन् । प्रभु एयर र अल्टिच्युट एयरका उडान अवरुद्ध भई यात्रुहरू सुरक्षित रूपमा काठमाडौँ फर्काइएको जनाइएको छ ।

हेलिकप्टर कम्पनीको विवरण अनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका छन् । तीर्थयात्रु बोकेर उडान भर्ने कम्पनीमा सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयर र मुस्ताङ एयरसमेत रहेका थिए । 

तीमध्ये केही कम्पनीका हेलिकप्टर तेस्रो उडानपछि बिहान ११ बजेपछि मात्र रोकिएका थिए, भने कोही कम्पनीका हेलिले बिहानैको समयमा भने उडान सामान्य रूपमा सञ्चालन गरेका थिए ।

गोसाइँकुण्डको जल निकास नजिक सिम्रिक एयरले निर्माण गरेको शिव मन्दिरमा कम्पनीकै तर्फबाट शास्त्रीय विधिपूर्वक पूजा–आराधना सम्पन्न गरिएको थियो ।    

कम्पनीका कार्यकारी निर्देशक विष्णु बस्नेतको अगुवाइमा पुरोहित ऋषिकेश भट्टराईसहितको टोलीले कुण्ड र मन्दिर परिसरमा विशेष पूजा गरेको उडान व्यवस्थापक रवि पोखरेलले जानकारी दिए ।

धार्मिक विश्वास अनुसार पवित्र कुण्डमा स्नान गरी भगवान शिवको पूजा गर्दा रोगव्याध हट्ने, सुख–शान्ति प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । रासस

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  २ : ३४ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र