उज्यालो नेपालको योजना : संघीय सांसद २०१ मा झार्ने, सातै प्रदेशसभा सदस्य ३३० मा सीमित गर्ने « Khabarhub

उज्यालो नेपालको योजना : संघीय सांसद २०१ मा झार्ने, सातै प्रदेशसभा सदस्य ३३० मा सीमित गर्ने


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक प्रतिबद्धता पत्रमा उज्यालो नेपाल पार्टी ले संघीय र प्रदेशसभाको संरचनामा व्यापक पुनर्संरचना गर्ने प्रस्ताव अघि सारेको छ।

शासन खर्च घटाउने, निर्णय प्रक्रियालाई छरितो बनाउने र स्थायित्व बढाउने लक्ष्यसहित पार्टीले सांसद संख्या र मन्त्रालय घटाउने एजेन्डा प्रस्तुत कुलमान घिसिङ नेतृत्वको यस दलले गरेको हो।

पार्टीले आइतबार ल्याएको प्रतिबद्धता पत्रमा प्रतिनिधिसभा सदस्य संख्या हालको २७५ बाट २०१ मा झार्ने प्रस्ताव गरेको छ।

त्यस्तै प्रदेशसभाको संख्या ५५० बाट ३३० मा सीमित गर्ने योजना अघि सारिएको छ।

संघीय तहमा मन्त्रालय संख्या १५ मा सीमित गर्ने योजना पनि यस पार्टीले ल्याएको छ । उता प्रदेशमा ५ देखि ७ वटासम्म मात्रै मन्त्री राख्ने प्रस्ताव गरिएको छ। दुवै सरकारमा राज्यमन्त्री र सहायकमन्त्रीको व्यवस्था नराख्ने स्पष्ट उल्लेख गरिएको छ।

प्रदेश तहमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणासमेत प्रतिबद्धता पत्रमा समेटिएको छ।

सरकार गठनपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको प्रगति ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने व्यवस्था गरिने पार्टीले जनाएको छ।

पार्टीका अनुसार संघीय संरचनालाई नागरिकमैत्री, किफायती र परिणाममुखी बनाउने उद्देश्यले यो पुनर्संरचना प्रस्ताव गरिएको हो।

प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने तथा सार्वजनिक पदाधिकारीको वार्षिक अनलाइन सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था पनि यसै सुधार प्याकेजअन्तर्गत राखिएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ३ : ०५ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस