किरात धर्मावलम्बीहरूको ‘भोट बैंक’ माङ्सेबुङमा बालेन पत्नी सबिना « Khabarhub

किरात धर्मावलम्बीहरूको ‘भोट बैंक’ माङ्सेबुङमा बालेन पत्नी सबिना


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार बालेन्द्र साह भोट फकाउनका लागि सबै उपाय लगाइरहेका छन् ।

श्रीमती सविना काफ्लेलाईसमेत मैदानमा उतारेका उनी पछिल्लो समय धार्मिक भोट फकाउने काममा जुटेका छन् ।

उनले नेपाल यात्राका क्रममा भेटेजति हिन्दु र किरातीका मठमन्दिरमा दर्शन गर्न भ्याए । अब उनै साहकी पत्नी किरा धर्मका मतदाताको मत फकाउन इलामको माङ्सेबुङ पुगेकी छन् ।

झापा ५ बाहिरको माङ्सेबुङमा उनी बालेनलाई जिताउने सबै उपायमा लागेकी छन् । मोरङमा जन्मिएका सबिना बालेनलाई जिताउन दमक ५ मा खटिरहेका बेला आइतबार इलामको माङसेबुङ गाउँपालिका पुगिन् ।

जहाँ उनी किरात धर्मगुरु साबाँ पवित्रहाङ्मा लिङ्देनको ७० औं शुभजन्मोत्सवमा सरिक भइन् ।

माङ्सेबुङमा उनले पहिचानवादी नेता डकेन्द्र थेगिमलाई पनि भेटिन् । डकेन्द्र उनै हुन् जो २०८० को उपनिर्वाचनमा धरानका तत्कालीन मेयर हर्क साम्पाङको समर्थनमा इलामा २ को उपनिर्वाचनमा उठेर दोस्रो भए ।

तर हर्कसँगको सम्बन्ध नजमेपछि उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालतिर लागे । तर त्यहाँ पनि टिक्न नसकेका उनी अहिले राजनीतिक रुपमा स्वतन्त्र छन् ।

यस्तोमा उनी रास्वपामा प्रवेश गर्ने चर्चा छ । त उनले यसबारेमा कही बोलेका छैनन् । आइतबार उनैले सार्वजनिक गरेको फोटोमा बालेन पत्नी र उनी एकसथा देखिन्छन् ।

माङ्सेबुङमा सविना र डकेन्द्रसहित थुप्रै स्थानीय उम्मेदवारहरू पनि सहभागी भएका छन् । पवित्रा हाङ्माको जन्मदिनसँगै धर्मगुरू आत्मानन्द लिङ्देन पनि नुमाङ्गेन्ना सेवा समारोहमा सहभागी थिए ।

यो कार्यक्रम पश्चिम बंगाल दार्जीलिङका माननीय मन्त्री सतिश पोखरेल प्रमुख अतिथि रहेका छन् ।

स्रोतका अनुसार झापा ५ का उम्मेदवार बालेन्द्रलाई पनि निमन्त्रणा गरिएको थियो । तर उनी कारणवश उपस्थित हुन नसकेपछि श्रीमतीलाई पठाएका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ३ : २४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब