विश्वप्रकाशको दाबी : कांग्रेसप्रतिको लहर बढ्दो छ, एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ « Khabarhub

विश्वप्रकाशको दाबी : कांग्रेसप्रतिको लहर बढ्दो छ, एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेजस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको बताए ।

उनले आगामी प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जाँदा कांग्रेसप्रतिको लहर उत्साहपूर्ण रहेको दाबी गरे । अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने शर्माले दाबी गरे ।

यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने उनको ठोकुवा छ । शर्माले भने, ‘नागरिकले नयाँ खोज्नुभएको हो भने जेन-जी मुभमेन्टपछि नयाँ भएको कांग्रेस, परिवर्तन खोजेको हो भने परिवर्तन नै भएको आएको कांग्रेस हो ।’

दैनिकजसो कांग्रेसमा समाहित हुनेहरूको संख्या वृद्धि भइरहेको दाबी गर्दै शर्माले कांग्रेस पहिला भन्दा बलियो बनेको बताए । कांग्रेस आफैँ बदलिएर समाज र देश बदल्न अग्रसर भएको उनले बताए ।

‘कसैले आफैँलाई बदल्न सक्दैन् तर, देश बदल्छु भन्छ भने त्यस्लाई पनि सुनौँला’, उनले भने, ‘तर जो आफूलाई बदल्न सक्छ त्यसले नै देश बदल्छ भन्ने मान्यता बमोजिम नेपाली कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको छ । दैनिक हजारौ मानिसहरू कांग्रेसमा समाहित हुनुभएको छ ।’

चितवनबाट थालेको यात्रा पश्चिमका जिल्ला पुगेर काठमाडौं फर्केका शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेताकार्यकर्ता एक ढिक्का भएर लागेको बताए ।

पार्टी नेता-कार्यकर्तासँगै आमजनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको शर्माले बताएका छन् । पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि बदलिएको कांग्रेसले आफूलाई अब्बल सावित गर्दै आएको उनले बताए । पार्टीले बुधबार जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ३ : ३३ बजे

सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 

काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- कांग्रेसको जरा बलियो बनाउनेगरि जुट्नुहोस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस

महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भिड

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा

स्वास्थ्य बीमामा डिजिटल फड्को : खर्च विवरण अब मोबाइलमै

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितहरूको सहजता, पारदर्शिता र सूचनामा पहुँच

नाइजेरियामा बस-ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

अबुजा– नाइजेरियाको दक्षिण पूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र