सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा  « Khabarhub

सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै चर्चामा छ। हालै सार्वजनिक भएको ट्रेलरले दर्शकहरू फिल्म हेर्न उत्साहित छन् । भने बलिउडका दुई ठूला स्टार्स सलमान खान  र सञ्जय दत्तको उपस्थिति फ्यानहरूका लागि मुख्य आकर्षण बनेको छ ।

ट्रेलरमा सलमान खान सेतो सूटमा मुस्कुराउँदै देखिन्छन् र संवाद बोल्छन्, ‘तिमीलाई थाहा छ, ऊ के गर्छ? ऊ आफ्नो पूरै जिन्दगी रेकर्ड गर्छ ।’ केही क्षणमा सञ्जय दत्त अधिकारपूर्ण शैलीमा ग्याजेट बोकेर हिँड्दै भिलेनको संकेत दिने दृश्यमा देखा पर्दछन् । अर्को सीनमा सलमानले सोध्छन्, ‘तिमी मलाई अपराधी किन देखिन्छौ ?’ यसरी ट्रेलरले जबरजस्त एक्सन, ड्रामाटिक दृश्य र ठूलो स्तरको प्रोडक्शन देखाएको छ ।’

फिल्मको कथा मध्यपूर्वमा फैलिएको खतरनाक नयाँ ड्रग र त्यसलाई रोक्ने मिशन वरिपरि घुमेको छ। फ्यानहरूले कमेन्ट गर्दै लेखेका छन् :

सलमान खान र सञ्जय दत्तले यसअघि पनि धेरै फिल्ममा सँगै काम गरेका छन् र उनीहरूको जोडी फ्यानहरू माझ अत्यन्तै लोकप्रिय छ ।

यसैबीच, सलमान खान छिट्टै ‘बैटल अफ गलवान’ फिल्ममा पनि देखिन तयार छन् । ‘सेभेन डग्स’ १४ अगस्टमा ठूलो पर्दामा रिलिज हुँदैछ, र फिल्मप्रेमीहरू यसका लागि झन् उत्साहित भएका छन् ।

यो फिल्म बलिउड–साउदी को-प्रोडक्सनको रुपमा उच्च स्तरको एक्सन र स्टाइलिश प्रस्तुतिका लागि चर्चा बटुल्दैछ । फ्यानहरूले ट्रेलर हेरेपछि रिलिजको दिनको लागि प्रतीक्षा गर्दैछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ४ : ५० बजे

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’

वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै

दोधारा चाँदनी- लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी