राष्ट्रिय सभामा पुगेपछि रामकुमारी एमालेको भोट घटाउन लागेकी हुन् ? « Khabarhub

राष्ट्रिय सभामा पुगेपछि रामकुमारी एमालेको भोट घटाउन लागेकी हुन् ?


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यतिबेला एमालेको विपक्षी कित्ताबाट अध्यक्ष केपी शर्मा ओलीपछि आलोचनाको निशानामा नेतृ रामकुमारी झाँक्री परेकी छन् । 

मुलुक निर्वाचनमय बनिरहेका बेला सबै राजनीतिक दलका नेताले आफ्नो मत कसरी बढाउन सकिन्छ भनेर लागेका छन् । तर, झाँक्रीले भने आफ्नो पार्टीको मत बढाउने नभएर घटाउनेगरी शृङ्खलाबद्ध बेलगाम अभिव्यक्ति दिइरहेकी छन् ।

उनले विपक्षीलाई राजनीतिक विचारका आधारमा नभएर अराजनीतिक तथा तुच्छ शब्दहरूले टिप्पणी गर्ने गरेकी छिन् । जसका कारण केही समय अघि मात्रै एमाले प्रवेश गरेर राष्ट्रिय सभामा आफ्नो स्थान सुरक्षित गर्न सफल झाँक्रीले पार्टी र अन्य उम्मेदवारको भोट घटाउन सक्ने देखिएको छ ।

महावीर पुनलाई माग्नेको संज्ञा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ दलका प्रतिस्पर्धी र स्वतन्त्र उम्मेदवारहरूलाई आलोचना गर्ने क्रममा एमाले नेतृ झाँक्री अराजनीतिक रूपमा प्रस्तुत हुने गरेकी छिन् ।

उनले केही दिनअघि एउटा कार्यक्रममा मन्तव्य राख्ने क्रममा पूर्वशिक्षामन्त्री तथा आविष्कार केन्द्र सञ्चालन गर्दै आएका महावीर पुनमाथि अराजनीतिक टिप्पणी गरिन् । 

उनले महावीरलाई काम गर्न नसकेर मागी खान हिँडेको भन्दै टिप्पणी गरिन् । जसकारण उनले बोलेको भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ भने उनलाई सामाजिक सञ्जालमा धेरैले आलोचना पनि गरेको पाइन्छ ।

‘एउटा बेकुफ मन्त्री त्यही भन्दै अहिले भागेर हिँड्या छ, चुनाव गराउन हिँडेको, गरिखान धौ भएर मागी खान हिँड्ने मान्छेहरूको तरिका हो यो, गरिखान गाह्रो भएपछि मागी खान धेरै सजिलो छ, नेपालमा भनिन्छ समाजसेवीहरू आए, कसैले घर बनाइदियो, उद्योग बनाइदियो, रङ्गशाला बनाइदिए, जहाँ गला र कला बिक्न सुरु हुन्छ, त्यसपछि मागी खान हिँड्ने हो’, झाँक्रीले भनिन् ।

तर, झाँक्रीको आफूमाथिको टिप्पणीमा पुनले भने घुमाउरो तरिकाले प्रतिक्रिया जनाउँदै कडा जवाफ दिँदै झाँक्रीलाई गाली नगर्न आफ्ना समर्थकलाई सुझाएका छन् ।

त्यस्तै, नेतृ झाँक्रीले केही दिनअघि एउटा औसत र्‍यापर र सी ग्रेडको इन्जिनियर प्रधानमन्त्रीको लागि योग्य हुन नसक्ने भन्दै बालेन्द्र शाहको आलोचना गरेकी थिइन् । जबकि सार्वजनिक विवरणअनुसार शाहले भारतबाट ‘स्ट्रक्चरल इन्जिनियरिङ’मा स्नातकोत्तर गरेका छन् तर, उनको अध्ययन प्रतिशत भने सार्वजनिक भएको छैन ।

साथै, नेतृ झाँक्रीले औसत र्‍यापर भनेर शाहमाथि टिप्पणी गरेपनि उनी नेपाली युवामाझ निकै लोकप्रिय छन् ।

‘एउटा सी ग्रेडमा पास गरेको औसत इन्जिनियर, २९३ नगरपालिकामा मेयर छन्, त्यस्तै एउटा मेयर, ६ वटा महानगरपालिकामा मेयर छन्, त्यस्तै एउटा सामान्य मेयर, आज कसरी रातारात प्रधानमन्त्रीको उम्मेदवार हुन्छ ?’, झाँक्रीले शाहप्रति टिप्पणी गर्दै भनेकी थिइन् ।

साथै, केही दिनअघि रास्वपाका उम्मेदवारहरूलाई नै लक्षित गर्दै नेपालमा केही गर्न नसकेर विदेश गएको, विदेशमा पनि केही गर्न नसकेर नेपालमा आएका मान्छेहरू भनेर पनि टिप्पणी गरेकी थिइन् ।

गरिबलाई हेप्ने भाषा प्रयोग गरेकी थिइन् ओलीविरुद्ध पनि

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि नेतृ झाँक्रीले एमाले अध्यक्ष केपी ओलीमाथि पनि निकै अराजनीतिक ढंगले गाली गलौज गरेकी थिइन् । 

उनले गरिबीलाई हेप्दै खान नपुगेर ताप्लेजुङबाट झापा झरेर अर्काको घरमा भैँसी चराउने ओलीले विभिन्न विश्वविद्यालयबाट ‘डक्टरेट सर्टिफिकेट’ लिएको भन्दै टिप्पणी गरेकी थिइन् ।

‘खड्ग प्रसाद ओली तेह्रथुमको आठराईबाट मकैको भात खान नपुगेर झापा झरेको मान्छे, अर्काको घरमा भैँसी चराएर बसेको मान्छे, उच्च शिक्षा पढ्ने सामर्थ्य नभएको मान्छे, आज संसारका ‘रिनाउ युनिभर्सिटी’बाट मानार्थ ‘डक्टरेटको सर्टिफिकेट’ बोकेर आफूलाई मख्ख बनाउँदै छन्’, झाँक्रीले ओलीमाथि तुच्छ टिप्पणी गर्दै भनेकी थिइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ५ : १९ बजे

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।