टी–२० विश्वकपमा अमेरिकाको लगातार दोस्रो जित, नामिबियाको तेस्रो हार « Khabarhub

टी–२० विश्वकपमा अमेरिकाको लगातार दोस्रो जित, नामिबियाको तेस्रो हार


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा अमेरिकाले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भारतको चेन्नईस्थित चिदमबरम रंगशालामा भएको खेलमा नाबियालाई अमेरिकाले ३१ रनले पराजित गरेको हो ।

समूह ए अन्तर्गतको खेलमा अमेरिकाले दिएको २ सय रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नामिबिया निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनमै सीमित भयो ।

नामिबियाका लागि लरेन स्टिनक्याम्पले ५८ रन बनाए भने जेजे स्मिटले ३१ रन बनाए । अमेरिकाका शेड्ली भान साल्कविकले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ६८ रन जोडे । कप्तान मोनाङ्क पटेलले ५२ रन बनाए ।

यस हारसँगै नामिबिया टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । नामिबियाले यस प्रतियोगिताका तीन वटै खेलमा पराजय बेहोरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : २२ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले