आईसीसी टी-२० विश्वकप : भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य « Khabarhub

आईसीसी टी-२० विश्वकप : भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतकाे खेलमा भारतले पाकिस्तानलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएपछि पाकिस्तानले १७६ रनकाे लक्ष्य पाएकाे हाे ।

भारतका लागि ईशान किसानले सर्वाधिक ७७ रन बनाए । आउट हुनुअघि उनले ४० बलमा ७७ रनको विस्फोटक पारी खेले । यस क्रममा उनले १० चौका र तीन छक्का प्रहार गरे ।

यस्तै कप्तान सुर्यकुमार यादवले ३२, शिवम् दुवेले २७, तिलक बर्माले २५ रन बनाए । भारतका हार्दिक पाण्डया र अविषेक शर्मा शुन्य रनमा नै आउट भएका थिए ।

पाकिस्तानका लागि साइम अयुबले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले भारतका इसान किसन, तिलक बर्मा र हार्दिक पाण्ड्यालाई आउट गरे । यस्तै सलमान अली आगा, उस्मान तारिक र शाहिन अफ्रिदीले एक एक विकेट लिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ०१ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले