भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित « Khabarhub

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले १७.५ ओभरमै सबै विकेट गुमाएको छ । आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभर सकिँदा सबै विकेट गुमाएर ११४ रनमात्रै बनायो ।

शीर्षक्रम चल्न नसकेपछि पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ मा भारतसँग ६१ रनले पराजित भयो ।

पाकिस्तानलाई सस्तैमा रोक्न भारतका जसप्रीत बुमराह, वरुन चक्रवर्ति र अक्षर पटेलले समान दुई विकेट लिए । हार्दिक पण्ड्या, कुल्दीप यादव र तिलक वर्माले समान एक विकेट लिए ।

पाकिस्तानका निम्ति पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका उसमान खानले सर्वाधिक ४४ रन बनाए । ३४ बल खेलेका खानले ६ चौका र एक छक्का प्रहार गरे ।

अविजीत रहेका शाहिन साह अफ्रिदीले २३ रन बनाए । सदाव खानले १४ र फहिम असरफले १० रन जोडे ।

शीर्षक्रम धरमराउँदा ओपनर सैम अयुव ६ रनमा आउट भए । बाबर आजम पाँच रन बनाएर पभेलियन फर्किए । कप्तान सलमान अली आघा र मोहम्मद नवाजले समान चार रन मात्र जोडे ।

अर्का ओपनर साहिबजादा फरहान शून्यमा आउट भए ।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।

भारतका ओपनर इशान किशनले सर्वाधिक ७७ रन बनाए । इशानले ४० बलमा १० चौका र तीन छक्का प्रहार गरे ।

कप्तान सुर्यकुमार यादवले ३२ रन जोडे । २९ बल खेलेका कप्तान यादवले तीन चौका प्रहार गरे ।

शिभम दुवेले २७ रन बनाए । तिलका वर्माले २५ रन जोडे भने रिंकु सिंहले ११ रन बनाए । ओपनर अभिषेक शर्मा शून्यमा आउट हुँदा पाँचौ नम्बरमा ब्याटिङमा आएका अलराउण्डर हार्दिक पण्ड्या ‘गोल्डेन डक’ आउट भए ।

पाकिस्तानका सैम आयुवले तीन विकेट लिए । आयुवले चार ओभर बलिङ गर्दा २५ रन खर्चिए ।

कप्तान सलमान अली आघा, शाहिन साह अफ्रिदी, र उसमान तारिकले समान एक विकेट लिए । यो जितसँगै घरेलु टोली भारतले लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ बाट विश्वकपको सुपर–८ प्रवेश गरेको छ । तीन खेलबाट नौ अंक बनाएको भारतले यसअघि अमेरिकालाई २९ र नामिबियालाई ९३ रनले पराजित गरेको थियो ।

पहिलो हार व्यहोरेको पाकिस्तानको भने हारसँगै सुपर–८ सम्भावना कठिन बनेको छ । अब पाकिस्तानको सुपर–८ यात्रा अन्तिम खेलबाट निर्धारण हुनेछ । पाकिस्तानले अन्तिम खेलमा नामिबियाको सामना गर्ने तालिका छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : ३५ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि