बलोच नेताद्वारा व्यक्ति बेपत्ता पार्ने कार्यको निन्दा, सुरक्षा केन्द्रित नीतिको आलोचना « Khabarhub

बलोच नेताद्वारा व्यक्ति बेपत्ता पार्ने कार्यको निन्दा, सुरक्षा केन्द्रित नीतिको आलोचना


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको लाहोरमा आयोजित एक मानव अधिकार सम्मेलनमा बलोचिस्तानमा नागरिक अधिकारका लागि अभियान चलाइरहेका अभियानकर्मी र नागरिक समाजका अगुवाले बलुचिस्तान प्रान्तमा भइरहेको राज्यको दमन, व्यक्ति बेपत्ता पार्ने शृङ्खला र सङ्कुचित नागरिक स्वतन्त्रतालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

बलोच येकजेठी कमिटीकी नेतृ सामी दिन बलोचले सरोकारवालाहरुसँग संवाद कार्यक्रममा बलोचिस्तानमा विरोध प्रदर्शन गर्न रोक लगाइएको र सरकारी अधिकारीको आलोचना गर्नेलाई हिरासतमा लिने गरिएको बताइन् । उनले अन्तर्राष्ट्रिय प्रतिनिधिलाई बलोचिस्तानमा महिला र बालबालिकाहरू समेत असुरक्षित रहेको जानकारी गराइन् ।

पाकिस्तानले बलोचिस्तानमा सुरक्षालाई मुख्य केन्द्रमा राखेकाले राजनीतिक संलग्नता कमजोर बन्दै गएको कार्यक्रममा सहभागीहरुले जनाएका छन् । बलोचिस्तान पोस्टका अनुसार कार्यक्रममा सहभागीहरुले बलोच अधिकारकर्मी महरङ बलोचको रिहाइको माग गरेका थिए ।

सम्मेलनमा बलोचिस्तान नेसनल पार्टीका नेता अख्तर मेङ्गलले राज्यले विद्रोही भनेका समूहहरूलाई स्थानीय जनताले कतिपय अवस्थामा आफ्नो संरक्षक मान्ने गरेको दाबी गरे । उनले पाकिस्तानका संस्थापक नेता मोहम्मद अली जिन्नाहले बलोचिस्तानलाई स्वायत्तता दिने वाचा गरेपनि त्यो अझै पूरा हुन नसकेको धारणा राखे ।

यस्तै, पूर्वमुख्यमन्त्री अब्दुल मलिक बलोचले बेपत्ता पारिएका व्यक्तिका परिवारको पीडालाई सम्बोधन गर्न र बल प्रयोगको सट्टा वार्ता र संविधानवादको बाटो अपनाउन सरकारसँग आग्रह गरे । कार्यक्रमको अन्त्यमा सरकारी प्रतिनिधि राना सनाउल्लाहले जबर्जस्ती व्यक्ति बेपत्ता पारिने घटनाको बचाउ गरेको भन्दै होहल्ला मच्चिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ६ : ०३ बजे

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत