नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश « Khabarhub

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताबाटै आफू लगायत अन्य नेताविरुद्ध घृणा र लान्छना फैलाउने काम भइरहेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र भइरहेको ‘मिसइन्फर्मेसन’ र ‘हेट स्पिच’ तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका कारण पछिल्लो सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको जानकारी दिँदै भट्टराईले यस्तो शोकको घडीमा नकारात्मक टिप्पणी हुनु अशोभनीय भएको उल्लेख गरेका हुन्।

पार्टीभित्रैबाट नियोजित रूपमा भ्रम फैलाइएको संकेत गर्दै उनले भने, “यस बीचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ ।” उनले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आईडी यस्तो कार्यमा निकै सक्रिय रहेको समेत खुलाएका छन् ।

पार्टीको एकता जोगाउनु र गुमेको जनविश्वास पुन: आर्जन गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ । भट्टराईले पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्न उपयुक्त समयमा स्थापित प्रक्रियामार्फत छलफल र बहस गर्न आवश्यक रहेको औँल्याएका छन् ।

“मिसइन्फर्मेसन, डिस्इन्फर्मेसन र हेट स्पिच बन्द गरौँ,” उनले अगाडि भनेका छन्, “फेरि पनि भन्छु, आत्मभत्सर्ना होइन, जमेर आत्मसमीक्षा गरौँ ।”

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ९ : ४९ बजे

मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह

काठमाडौं– विगतमा कृषि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया, हलिया, कम्लरी

कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि…

काठमाडौं– काठमाडौं- सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको

कङ्गोमा इबोलाका कारण मृतकको सङ्ख्या १३१ पुग्यो

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपका कारण कम्तीमा १३१

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 कामाडौं– प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग

रूसमा आणविक अभ्यास सुरु

मस्को- युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौँ सैनिक