नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश « Khabarhub

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताबाटै आफू लगायत अन्य नेताविरुद्ध घृणा र लान्छना फैलाउने काम भइरहेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र भइरहेको ‘मिसइन्फर्मेसन’ र ‘हेट स्पिच’ तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका कारण पछिल्लो सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको जानकारी दिँदै भट्टराईले यस्तो शोकको घडीमा नकारात्मक टिप्पणी हुनु अशोभनीय भएको उल्लेख गरेका हुन्।

पार्टीभित्रैबाट नियोजित रूपमा भ्रम फैलाइएको संकेत गर्दै उनले भने, “यस बीचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ ।” उनले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आईडी यस्तो कार्यमा निकै सक्रिय रहेको समेत खुलाएका छन् ।

पार्टीको एकता जोगाउनु र गुमेको जनविश्वास पुन: आर्जन गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ । भट्टराईले पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्न उपयुक्त समयमा स्थापित प्रक्रियामार्फत छलफल र बहस गर्न आवश्यक रहेको औँल्याएका छन् ।

“मिसइन्फर्मेसन, डिस्इन्फर्मेसन र हेट स्पिच बन्द गरौँ,” उनले अगाडि भनेका छन्, “फेरि पनि भन्छु, आत्मभत्सर्ना होइन, जमेर आत्मसमीक्षा गरौँ ।”

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ९ : ४९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली