इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन « Khabarhub

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज जलडमरू (स्टे्रट अफ हर्मुज) खुला राख्नका लागि ‘धेरै देश’ले आफ्ना युद्धपोत पठाउने बताएका छन् । कुन–कुन देश यसमा सहभागी हुँदैछन् भन्ने विस्तृत विवरण नखुलाए पनि ट्रम्पले विश्वका शक्ति राष्ट्र यस अभियानमा जोडिने दाबी गरेका हुन् ।

इरानमाथि अमेरिका र इजरायलले आक्रमण सुरु गरेको १५ औँ दिन पुग्दा विश्वको कुल तेल र तरल प्राकृतिक ग्यासको पाँचौँ हिस्सा ओगट्ने यो महत्त्वपूर्ण जलमार्ग अहिले पूर्ण रूपमा बन्द प्रायः छ ।

शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै ट्रम्पले इरानको अवरोधबाट प्रभावित राष्ट्रहरूले अमेरिकाको समन्वयमा हर्मुजलाई सुरक्षित राख्न युद्धपोत पठाउने उल्लेख गरेका छन् । उनले यस अभियानमा चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र यूकेले सहयोग गर्ने अपेक्षा समेत राखेका छन् ।

ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमता शतप्रतिशत नष्ट गरिसकेको दाबी गरे पनि तेहरानले अझै पनि ड्रोन, माइन वा छोटो दूरीको मिसाइलमार्फत उक्त जलमार्गमा अवरोध पुर्‍याउन सक्ने स्वीकार गरेका छन् । उनले अमेरिकाले इरानी तटवर्ती क्षेत्रमा भीषण बमबारी गरिरहने र इरानी डुङ्गा तथा जहाजलाई पानीबाटै निस्तेज पार्ने चेतावनी दिँदै यो मार्गलाई ‘खुला, सुरक्षित र स्वतन्त्र’ बनाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

ट्रम्पको अभिव्यक्तिप्रति इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का नौसेना प्रमुख अलिरेजा ताङसिरीले कडा प्रतिक्रिया दिएका छन् । उनले हर्मुज जलडमरू सैन्य रूपमा बन्द नभएको बरु पूर्ण रूपमा आफ्नो ‘नियन्त्रण’मा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै उनले ट्रम्पको भनाइको खण्डन गरे, “पहिले अमेरिकीले इरानको नौसेना ध्वस्त पारेको झुटो दाबी गरे । त्यसपछि तेल ट्याङ्करहरूलाई सुरक्षा दिइरहेको अर्को झुट बोले । अहिले उनी अरू देशसँग सहयोग मागिरहेका छन् ।”

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : १४ बजे

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क