इरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी « Khabarhub

इरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको खबर आएको छ।

इजरायली सेना रेडियोका अनुसार इरानबाट प्रक्षेपण गरिएका धेरैजसो मिसाइलहरू हवाई प्रतिरक्षा प्रणालीले अवरोध (इन्टरसेप्ट) गरेको थियो।

तर केही मिसाइलका टुक्रा खुला क्षेत्रमा खस्दा क्षति भएको बताइएको छ।

रिपोर्टअनुसार इन्टरसेप्टर मिसाइलका अवशेष मध्य इजरायलको शहर रामलामा खसेपछि आगलागी भएको थियो। उक्त घटनामा मानवीय क्षति वा घाइते भएको खबर भने आएको छैन।

यसबीच, पछिल्ला करिब १२ घण्टादेखि इजरायलका विभिन्न शहरमा मिसाइल आक्रमण जारी रहेको बताइएको छ।

दक्षिणी, मध्य तथा उत्तरी क्षेत्रमा लगातार आक्रमणको खबर आएको छ। उत्तरी सीमामा हेजबुल्लाहले पनि रकेट प्रहार गरिरहेको जनाइएको छ।

प्रारम्भिक खबरहरूमा लोड, बनेई ब्राक र रामला शहरमा मिसाइलका कारण क्षति र आगलागी भएको भनिए पनि पछि ती आगलागी प्रत्यक्ष मिसाइल आक्रमणसँग सम्बन्धित नभएको जानकारी दिइएको छ।

आगलागीका कारण घाइते भएका दुई जना ८० वर्षका वृद्धलाई अस्पताल भर्ना गरिएको छ। सबैभन्दा गम्भीर घटनामध्ये एक दक्षिणी शहर इलातमा भएको बताइएको छ, जहाँ क्लस्टर म्युनिशन खस्दा शहरका विभिन्न भागमा फैलिएको थियो।

कम्तीमा १० स्थानमा क्षति पुगेको र १२ वर्षका बालकसहित धेरै मानिस घाइते भएको जनाइएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १२ : ३५ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा