यूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी « Khabarhub

यूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान-इरानको फार्स प्रान्तको राजधानी शिराजस्थित आवासीय क्षेत्रमा अमेरिका र इजरायलले हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ।

इरानको समाचार संस्था तस्नीमका अनुसार ‘जायोनिस्ट–अमेरिकी आपराधिक शासनले आइतबार बिहान शिराज शहरको एक गरिब तथा आवासीय क्षेत्रमा आतंककारी र अमानवीय आक्रमण गरेको’ जनाएको छ।

रिपोर्टअनुसार आक्रमणको तीव्रता यति धेरै थियो कि लक्षित आवासीय भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । त्यहाँका बासिन्दालाई ठूलो आर्थिक क्षति पुगेको छ।

शिराजलाई प्रायः ‘सिटी अफ वाइन’ भनेर पनि चिनिन्छ। यो शहर युनेस्को सूचीमा रहेको प्रसिद्ध एराम गार्डेनको घर पनि हो।

जासुसी आरोपमा इरानमा २० जना पक्राउ

इरानले इजरायललाई सहयोग गर्ने प्रयास गरेको आरोपमा उत्तर–पश्चिमी क्षेत्रमा २० जनालाई पक्राउ गरेको जनाएको छ।

तस्नीम समाचार संस्थाका अनुसार पश्चिम आजरबैजान प्रान्तको सरकारी वकिल कार्यालयले ती व्यक्तिहरूलाई इरानका सैन्य तथा सुरक्षा संरचनाको स्थानसम्बन्धी जानकारी इजरायललाई पठाएको आरोप लगाएको छ।

अभियोजकको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि ‘जायोनिस्ट शासनसँग सम्बन्धित भाडाका एजेन्टहरूको सञ्जाललाई नियन्त्रणमा लिइएको छ र न्यायिक आदेशमार्फत २० जनालाई पक्राउ गरिएको छ।’

समाचार संस्था रोयटर्सका अनुसार इजरायलले पछिल्लो समय इरानमाथि नयाँ चरणको आक्रमण सुरु गरेको छ, जसमा स्थलबाट प्राप्त सूचनाका आधारमा सुरक्षा चौकीहरूलाई निशाना बनाइएको बताइएको छ।

अमेरिकामाथि आक्रमण

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले संयुक्त अरब इमिरेट्सको अल–धाफ्रा हवाई अड्डामा रहेका अमेरिकी सेनामाथि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानी समाचार संस्थाहरूका अनुसार आईआरजीसीले १० वटा मिसाइल र केही ड्रोन प्रहार गरिएको जनाएको छ।

नेतन्याहुलाई ‘खोजेर मार्ने’ चेतावनी

इरानको रिभोल्युसनरी गार्ड कोरले इजरायलसँगको युद्ध जारी रहँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लक्षित गर्ने चेतावनी दिएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले भनेको छ, ‘यदि यो बालबालिका मार्ने अपराधी जीवित छ भने, हामी पूर्ण शक्तिका साथ उसलाई खोजेर मार्ने प्रयास जारी राख्नेछौं।’

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १ : ३९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु