एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले « Khabarhub

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीले भक्तपुरको गुन्डु पुगेर भेटेका छन् ।

आइतबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी गुण्डु पुगिन् । त्यसपछि प्रधानमन्त्री कार्की पुगिन् । भण्डारीको साथमा केही सहयोग पनि त्यहाँ पुगेका थिए।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरको कोरियन अस्पतालमा निधन भएको थियो ।

अहिले ओली गुन्डुमै पिताको काजकिरिया गरिरहेका छन् । उनी शनिबार एमालेको सचिवालय बैठकमा पनि सहभागी भए ।

तर उक्त बैठकको अध्यक्ष उपाध्यक्ष रामबहादुर थापा बादलले गरेका थिए। बैठकले एमालेबाट १६ जना समानुपातिक सांसद चयन गरिएको छ।

आइतबार दिउँसो १ बजे प्रधानमन्त्री सुशीला कार्की पनि ओलीलाई भेट्न गुन्डु पुगिन् । उनी जाने भएपछि अहिले गुन्डुमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

त्यहाँ पुगेर कार्कीले ओलीसँग संवाद पनि गरेकी छन् । त्यस्तै उनले किरियामा बसेका अन्य दाजुभाइ र परिवारका सदस्यलाई पनि भेटेकी छन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली