विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ « Khabarhub

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म ‘जिरो डिग्री’को सुटिङ सुरू गरेका छन् ।

पोखराको अर्मलाकोट मन्दिरामा शुभ मुहूर्त गरेसँगै उनीहरूले आइतबारबाट फिल्मको छायाङ्कन सुरु गरेका हुन् । नायक विजयले फिल्मको पहिलो सट दिए ।

डार्क कमेडी जनरामा बन्ने यस फिल्मको निर्देशन-स्क्रिप्ट लेखन आकास बराल र साजन काफ्ले संयुक्त रुपमा गरेका छन् । फिल्मको कथा राजन भुसालले लेखेका हुन् ।

आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किउन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर सडक सञ्जाल नपुगेको एक विकट गाउँमा लैजाँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूको कथामा यो फिल्म बन्ने निर्माण पक्षले बताएको छ ।

फिल्ममा विजय र सनिशासँगै वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : ४६ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको