विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ « Khabarhub

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म ‘जिरो डिग्री’को सुटिङ सुरू गरेका छन् ।

पोखराको अर्मलाकोट मन्दिरामा शुभ मुहूर्त गरेसँगै उनीहरूले आइतबारबाट फिल्मको छायाङ्कन सुरु गरेका हुन् । नायक विजयले फिल्मको पहिलो सट दिए ।

डार्क कमेडी जनरामा बन्ने यस फिल्मको निर्देशन-स्क्रिप्ट लेखन आकास बराल र साजन काफ्ले संयुक्त रुपमा गरेका छन् । फिल्मको कथा राजन भुसालले लेखेका हुन् ।

आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किउन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर सडक सञ्जाल नपुगेको एक विकट गाउँमा लैजाँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूको कथामा यो फिल्म बन्ने निर्माण पक्षले बताएको छ ।

फिल्ममा विजय र सनिशासँगै वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : ४६ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको