मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने « Khabarhub

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालका हिम नदी बेसिन क्षेत्रमा हिमताल विस्फोटनजन्य बाढी तथा बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाका लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रममार्फत प्राप्त हुने सो रकम स्वीकार गर्ने निर्णय गरेको हो । 

त्यसैगरी, सरकारले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एंव ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावास रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, म्यानमा, मस्कट, इस्लामाबाद, कायरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावास जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । 

विसं २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद् बैठकले ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । 

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ६ : ३१ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले