मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव « Khabarhub

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन)को अभाव भएको छ ।

सरकारी कोटाअनुसार आउने खोपको आपूर्ति ढिलो भएपछि अभाव भएको नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताए । यसले गदाृ स्थानीयले महँगो मूल्य तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य हुनुपरेको उनले बताए ।

नगरपालिका–१० स्थित मेचीनगर आधारभूत अस्पतालमा विगत १५ दिनदेखि खोपको मौज्दात सकिएको हो । स्वास्थ्य शाखा प्रमुख सापकोटाले नगरमा मासिक पाँच सयदेखि एक हजार डोजसम्म खोप खपत हुने भए पनि माथिल्लो निकायबाट महिनामा जम्मा दुई सयदेखि तीनसय डोज मात्र उपलब्ध हुँदा समस्या भएको बताए ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा आउने खोप त्यहाँबाट स्थानीय तहले पाउने व्यवस्था छ । खोपको मात्रा बढाइदिन आग्रह गर्दै प्रदेश आपूर्ति केन्द्रमा पत्राचार गरिए पनि हालसम्म खोप प्राप्त नभएको प्रमुख सापकोटाले जानकारी दिए ।

सरकारी अस्पतालमा सहुलियत दरमा पाइने सेवा नपाउँदा न्यून आय भएका नागरिकहरू थप आर्थिक मर्कामा परेका छन् । सरकारी अस्पतालमा रु ३५० बुझाउँदा तीन पटकको पूर्ण डोज खोप उपलब्ध हुने गरेकामा हाल निजी क्लिनिकले प्रतिपटक रु ६५० सम्म शुल्क लिने गरेको जनगुनासो छ ।

स्वास्थ्य कार्यालय झापाका ‘स्टोरकिपर’ युवानाथ बरालले केन्द्रले स्थानीय तहका अस्पतालमा सिधै सुई पठाउने प्रणाली भएकाले जिल्ला तहमा यसको मौज्दात र अभावबारे जानकारी नहुने बताए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तोकेरै पालिकाहरूमा खोप पठाउने हुँदा समन्वयमा समेत समस्या देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ३७ बजे

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै फर्किन सक्ने

काठमाडौं- कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

इलाम – इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा