यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित « Khabarhub

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म देखिन थालेको छ । युद्धको १६औँ दिनमा संयुक्त अरब इमिरेट्स (यूएई)को फुजैराहस्थित तेल टर्मिनलमा भएको आक्रमणका क्रममा भारतीय झण्डा बोकेको जहाज तेल भर्दै गर्दा प्रभावित भएको बताइएको छ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय का अनुसार शनिबार फुजैराह तेल टर्मिनल मा आक्रमण भएको बेला भारतीय झण्डा बोकेको ‘जग लाडकी’ नामक जहाज त्यहाँ कच्चा तेल लोड गरिरहेको थियो ।

मन्त्रालयका अनुसार जहाजमा रहेका सबै भारतीय कर्मचारी सुरक्षित छन् । जहाजले करिब ८० हजार ८ सय मेट्रिक टन कच्चा तेल लोड गरी सुरक्षित रूपमा भारततर्फ प्रस्थान गरिसकेको छ ।

युद्धको प्रभावका कारण खाडी मुलुकबाट तेल ढुवानी गर्ने जहाजहरूलाई समेत कठिनाइ हुन थालेको बताइएको छ । यसैबीच इरान ले आइतबार इजरायल माथि ब्यालेस्टिक मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मिसाइलका टुक्रा खस्दा अमेरिकी कूटनीतिज्ञहरू कार्यरत भवनमा क्षति पुगेको बताइएको छ ।

उक्त भवन कुन सहरमा रहेको हो भन्ने खुलाइएको छैन । इजरायलमा अमेरिकी दूतावास यरुशलम मा रहेको छ भने तेल अवीव मा पनि अमेरिकी कूटनीतिक कार्यालय रहेको छ । हाल खाडी क्षेत्र र मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र समुद्री ढुवानीमा थप दबाब पर्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ९ : ०३ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका