साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ « Khabarhub

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

उनलाई ६ वर्ष कैद र साढे २२ करोडभन्दा बढी जरिवाना तोकिएकोमा चैत १ गते काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार, पक्राउ पर्नेमा योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । उनीविरुद्ध सर्वोच्च अदालतले २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ नौ पैसा जरिबाना र ६ (छ) वर्ष कैद सजाय ठहर गरेको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार योगेन्द्रप्रसाद श्रेष्ठमाथि दुईवटा मुद्दामा सर्वोच्च अदालतले उक्त ठहर गरेको थियो । उनलाई सीआईबीको टोलीले चैत १ गते काठमाडौंको नागार्जुन नगरपालिका-५ सितापाइलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : २३ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका